कांग्रेस मतगणना आज सकिदैँः हालसम्म ८० प्रतिशत पदमा देउवा पक्ष विजयी, अब कति छ बाँकी ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनको लागि मतदान भएको आज ११ दिन पुगेको छ ।

अझै मतगणना जारी छ । सम्भवत आज बेलुकी सम्म अन्तिम मतपरिणाम आउने निर्वाचन समितिले जनाएको छ । मतगणना अन्तिम चरणमा पुगेको बताउँदै समितिले अब ३७ केन्द्रिय सदस्यको छिनोफानो हुन बाँकी रहेको बताएको छ ।

अब खसआर्य खुल्ला र महिला, जनजाति खुल्ला र महिला तथा दलित खुल्ला र महिला तर्फका केन्द्रीय सदस्यहरूको मतगणनामात्रै बाँकी छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ती सबै क्लष्टरको मतगणना भइरहेको छ ।

हालसम्म पदाधिकारीसहित ९७ जनाको परिणाम सार्वजनिक भएको छ ।१ सय ३४ पदका लागि भएको निर्वाचनमा ९७ जनाको परिणाम आउँदा सभापति शेरबहादुर देउवा पक्षले ८० प्रतिशत पदमा जित हासिल गरेको छ ।

  • ७ पुष २०७८, बुधबार १४:४९ प्रकाशित