थप ३६० मेगावाट विद्युत् खपत गर्दै १० उद्योग

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले दिएको अनुमति अनुसार अब उद्योगहरुले थप ३६० मेगावाट विद्युत खपत गर्ने भएका छन् ।

प्राधिकरणले चालू आर्थिक वर्ष २०७८-७९ को पहिलो चार महिनामा १० उद्योगहरूलाई विद्युत आपूर्तिका लागि करिब १५०.५ मेगावाटको लोड स्वीकृत गरेको छ ।

सात वटा उद्योगहरूलाई करिब १११ मेगावाट विद्युत उपलब्ध गराउन ग्रीड प्रभाव अध्ययन ९ग्रीड इम्प्याक्ट स्टडी— जीआईएस० गरिएको प्राधिकरणले जनाएको छ । यसबाहेक प्राधिकरणले पाँचवटा उद्योगहरूले माग गरेको करिब ९८.८ मेगावाटको जीआइएसको प्रक्रियामा रहेको छ ।

प्राधिकरणका अनुससार लोड स्वीकृत, जीआइएस सम्पन्न र प्रक्रियामा रहेको मागका आधारमा उद्योगहरूमा थप करिब ३६० मेगावाट विद्युत खपत हुनेछ । थप विद्युतको माग गर्नेमा अधिकांश स्टील र सिमेन्ट उद्योगहरू छन् ।

  • ७ पुष २०७८, बुधबार १४:३८ प्रकाशित