संसद्‌मा आज पनि एमालेको नाराबाजीः नाराबाजीबीच नेपाल र प्रदेश प्रहरी सम्बन्धी अध्यादेश स्वीकृत

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

संसदको तेस्रो बैठकमा आज पनि एमाले सांसदले नाराबाजी गरेका छन् ।

संसद् बैठकमा नाराबाजी गरिरहेका छन् । संसद्को‌ १०औँ अधिवेशनको तेस्रो बैठकमा आज पनि प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरेका हुन् ।
नाराबाजीकै बिच आज नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ लाई स्वीकृत भएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपेरीवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश २०७८लाई स्वीकृत गरियोस् भनि गरेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरूले संसद्को सबै बैठकमा नाराबाजी गर्दै अवरोध पुर्याउने गरेका छन् ।

  • ७ पुष २०७८, बुधबार १४:०९ प्रकाशित