पत्रकार महासंघ गण्डकीको आयोजनामा नवलपुरमा पत्रकारिता तालिम सुरु

केन्द्रभाग मिडिया

नवलपुर ।

नेपाल पत्रकार महासं गण्डकी प्रदेश समितिको आयोजना र गण्डकी प्रदेश सरकार कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयको सहोगमा नवलपुरमा फिचर लेखन तथा फोटो/भिडियो पत्रकारिता तालिम सुरु भएको छ ।

नवलपुर शाखाको समन्वयमा भएको उक्त तालिमको कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले उद्घाटन गरेका हुन् । तीन दिनसम्म चल्ने तालिमको उद्घाटन गर्दै उपप्रमुख मर्दनियाले देशको झण्डै मध्यभागमा रहेको अनि धेरै आर्थिक र पर्यटकीय संभावना बोकेको ठाउँ भएपनि नवलपुर जिल्ला विकास र पूर्वाधारमा पछाडि परेको बताए ।

पत्रकार महासंग गण्डकी प्रदेशले आफ्नो नगरपालिकाको महत्वपूर्ण पर्यटकीय स्थल अमलटारीमा तालिम आयोजना गर्दा यस क्षेत्रका बारेमा पनि राम्रो सन्देश जाने उनले अपेक्षा राखे । विभिन्न जातजाती भाषा संस्कृतिले नवलपुर धनी रहेको चर्चा गरेका उनले त्यसको सहिढंगले उजागर गर्न नसकिएको बताए । यद्यपी नगरपालिकाको तर्फबाट विकास निर्माण, संस्कृतिको संरक्षण र नगरवासीलाई आयआर्जनमा जोड्ने सन्दर्भमा निकै प्रयास भइरहेको उनले बताए । उनले तालिमको भव्य सफलताको कामना गरे ।

तालिमका प्रमुख प्रशिक्षक तीर्थ कोइरालाले मानवको सिकाई जीवन रहेसम्म चलिरहने बताए । उनले त्यो सिकाई दोहोरो हुने उल्लेख गरे । तालिम तालिमका लागि नभई विषय केन्द्रित हुँदा पेशामा फरक शैलीको विकास हनसक्ने उनले बताए ।

उनले आफूले खोजेको कुरा के हो ? त्यो कुरामा फोकस हुन तालिममा सहभागी पत्रकारलाई आग्रह गरे । एक/दुई दिनमा सिकाउने भन्दापनि कसरी तालिमलाई उपयोग गर्ने भन्ने विषय नै महत्वपूर्ण रहेको उनले बताए ।

पत्रकार महासघ गण्डकी प्रदेश समितिका अध्यक्ष नारायण शर्माले आफूहरुको कार्यकालमा तालिमलाई मुख्य प्राथमिकतामा राखेको जानकारी दिए । प्रदेश सरकारको सहयोगमा प्रदेश अन्तर्गतका ११ वटै जिल्लामा प्रमावकारी रुपमा तालिम सञ्चालन गर्ने र पत्रकारमा उत्साह भर्ने उनको भनाई थियो ।

उनले लामो समय देखि पत्रकारिताको केन्द्रभागमै रहेर काम गरिरहेका अनभवी प्रशिक्षकको उपस्थिति र पशिक्षणले आगामी दिनमा अझ खोजमुलक र प्रभावकारी रुपमा नवलपुरको पत्रकारिता अगाडि बढ्ने अपेक्षा व्यक्त गरे । तालिममा तामझाम भन्दा पनि व्यवहारिक प्रशिक्षणलाई नै आफूहरुले जोड दिएको उनले बताए ।

महासंग गण्डकी प्रदेश समितिका अध्यक्ष नारायण शर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा महासंघ प्रदेशका महासचिव गोविन्द सुवेदी, प्रदेश समिति सदस्य रमेश बस्ताकोटी र पत्रकार महासंघ नवलपुर जिल्ला शाखाका अध्यक्ष वीरेन्द्र पराजुली लगायतले तालिमका विविध पक्षका बारेमा बोलेका थिए ।

महासचिव सुवेदीका अनसार नवलपुरको अमलटारी होमस्टेमा तीन दिनसम्म चल्ने तालिममा नवलपुरका ४० भन्दा बढि क्रियासिल पत्रकारहरुको सहभागिता छ । तालिममा अग्रज पत्रकारहरु तीर्थ कोइराला र चन्द्रशेखर कार्कीले प्रशिक्षण दिनेछन् ।

 

  • ७ पुष २०७८, बुधबार १४:०६ प्रकाशित