माओवादी राष्ट्रिय सम्मेलनमा कर्णालीबाट ८८ प्रतिनिधि सहभागी हुदैँ

केन्द्रभाग मिडिया

सुर्खेत ।

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा कर्णालीबाट ८८ प्रतिनिधि सहभागी हुने भएका छन् । ११ पुसबाट हुने काठमाडौंमा हुने सम्मेलनका लागि कर्णाली प्रदेशबाट उक्त संख्यामा प्रतिनिधि सहभागी हुने बताइएको छ ।

पार्टीको सर्कुलर अनुसार १५ सय सदस्य बराबर एकजना सम्मेलन प्रतिनिधि र संघीय संसद्को निर्वाचन क्षेत्रबाट दुईजना प्रतिनिधि छनोट गरिएको माओवादी केन्द्र कर्णाली प्रदेशले जनाएको छ ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी रुकुमपश्चिमबाट १५ र सबैभन्दा कम डोल्पा जिल्लाबाट तीनजना प्रतिनिधि छनोट छन् । अन्य जिल्लाबाट राष्ट्रिय सम्मेलनका लागि सहभागी हुने प्रतिनिधिमा सल्यान र कालीकोटबाट ११११ जना, सुर्खेत र जाजारकोटबाट १०–१० जना छनोट भएका छन् ।

  • ७ पुष २०७८, बुधबार १३:५९ प्रकाशित