बुद्ध एयरले पोखरा विमानस्थललाई हब बनाएर उडान विस्तार गर्ने, थप ६ जहाज खरिद गदैँ

केन्द्रभाग मिडिया

पोखरा ।
बुद्ध एयरले आन्तरिक उडानमा पोखरालाई हब बनाएर उडान गर्ने भएको छ। आन्तरिक उडानको सबैभन्दा ठूलो एयरलाइन्सको रुपमा रहेको बुद्धले पोखरालाई दोस्रो हव बनाएर सेवा विस्तार गर्न लागेको हो ।

बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर वस्नेतले सेवा विस्तार वारे जानकारी दिए। त्यसका लागि थप ६ वटा जाहाज खरिदको प्रकृयामा रहेको बस्नेतले बताए । बुद्धले अहिले पोखराबाट भरतपुर,भैरहवा, सिमरा, र नेपालगञ्ज उडान गदैँ आएको छ।

अन्तर सहर उडान सफल भए पछि अन्य सहरमा पनि पोखरा विमानस्थलबाट उडान बारे बुद्ध एयर सकारात्मक देखिएको छ । पोखरा र भैरहवामा अन्तराष्ट्रिय विमानस्थल संचालनको तयारीमा छन् ।

बुद्धसंग तीन प्रकारका सिट क्षमता भएका जहाज छन्। ७२ सिट क्षमताको एटीआर–७२ ११ वटा, १८ सिट क्षमता बिचक्राफ्ट २ वटा र ४७ सिट क्षमताका एटीआर–४२ जहाज रहेको प्रबन्धन बस्नेतले जानकारी दिए ।

पोखराबाट तत्काल विराटनगर र भद्रपुर उडान सुरु गर्ने बुद्धको तयारी छ । काठमाडौं र पोखरा वाहेक भैरहवालाई पनि केन्द्र बनाएर बुद्धले उडान भर्ने तयारी गरेको बस्नेतले बताए । त्यसका लागि सन् २०२३ सम्म क्षमत बृद्धि गरि जहाजको १५ हजार सिट पुर्‍याउने लक्ष्य लिएको छ।

 

  • ७ पुष २०७८, बुधबार १२:०१ प्रकाशित