कांग्रेसमा देउवालाई दुई तिहाई, कुन समूहका कतिले जिते (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली काँग्रेसमा इतर समूह विभाजित हुँदाको लाभ सभापति शेरबहादुर देउवाले पदाधिकारी देखि केन्द्रीय सदस्य सम्मको प्रतिष्पर्धामा लिएका छन् । सभापतिमा इतर समूह फुट्दा देउवाले दोस्रो चरणमा जित हासिल गरे ।

पदाधिकारीमा पनि मतान्तर हेर्दा देउवा समूहले विभाजनको भरपूर फाइदा लिएको देखिन्छ । इतर समूह एक भएको भए नतिजा फरक हुने देखिन्छ ।

पदाधिकारीमा भन्दा पनि केन्द्रीय सदस्यमा देउवा पक्षका अधिकांश जितेका छन् । सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीसहित १३ मध्ये देउवा पक्षधर ८ जना जितेका छन् ।

देउवा समूहबाट सभापति, १ उपसभापति र ६ सहमहामन्त्री गरी ८ पदाधिकारी विजयी भए । डा। शेखर कोइराला समूहबाट १ उपसभापति, १ महामन्त्री र २ सहमहामन्त्री गरी ४ जना विजयी भए । प्रकाशमान सिंह समूहबाट १ महामन्त्री विजयी भए ।

नेपाली काँग्रेसको खुल्लातर्फको ३५ केन्द्रीय सदस्यमा देउवा पक्षका २४ जना निर्वाचित भएका छन् । डा। शेखर कोइराला पक्षका १० र १ जना तटस्थ निर्वाचित भए ।
थारुतर्फ देउवा पक्षका ४ जना जितेका छन् । प्रदेशहरुबाट चुनिने केन्द्रीय सदस्यमा पनि कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, प्रदेश २ मा देउवाले क्लिन स्वीप गरेका छन् । प्रदेश १, बागमती र गण्डकी प्रत्येकमा इतर समूहका १ जना मात्र केन्द्रीय सदस्य जितका छन् ।

देउवाले मधेशमा आफूलाई प्रभावशाली बनाएका छन् । मधेशी कोटाको महिलातर्फको ४ सिट केन्द्रीय सदस्यमा देउवा पक्षले क्लिन स्वीप गरेको छ । ५ सिटको मधेशी खुल्लातर्फको केन्द्रीय सदस्यमा चन्द्रमोहन यादवबाहेक ४ जना देउवा पक्षबाट जितेका छन् ।

पदाधिकारीमा कस्को कति
देउवा पक्ष– ८
सभापति, शेरबहादुर देउवा
उपसभापति, पूर्णबहादुर खड्का
सहमहामन्त्री, किशोरसिंह राठौर
सहमहामन्त्री, उमाकान्त चौधरी
सहमहामन्त्री, महेन्द्र यादव
सहमहामन्त्री, फर्मूल्लाहा मन्सुर
सहमहामन्त्री, भीष्मराज आङदम्बे
सहमहामन्त्री, डीना उपाध्याय
कोइराला पक्ष– ४
उपसभापति, धनराज गुरुङ
महामन्त्री, गगन थापा
सहमहामन्त्री, बद्री पाण्डे
सहमहामन्त्री, जीवन परियार

प्रकाशमान सिंह समूह- १
महामन्त्री, विश्वप्रकाश शर्मा

केन्द्रीय सदस्यमा खुल्लातर्फ को कता
देउवा पक्ष–२४
एनपी साउद
बालकृष्ण खाँण
उदय शमशेर राणा
रामहरि खतिवडा
ज्ञानेन्द्रबहादुर कार्की
रमेश लेखक
शंकर भण्डारी
जिपछिरिङ्ग लामा
जितजंग बस्नेत
गोपालमान श्रेष्ठ
मोहनबहादुर बस्नेत
सुनिलबहादुर थापा
नैनसिंह महर
गोविन्द भट्टराई
कुन्दनराज काफ्ले
सुरेन्द्रराज पाण्डे
पदमनारायण चौधरी
राजिव ढुंगाना
गुरु बराल
मदनबहादुर अमात्य
गणेश लामा
उमेशजंग रायमाझी
मोहन आचार्य
डा. गोपाल दहित
शेखर कोइराला पक्ष १०
अर्जुननरसिंह केसी
दिलेन्द्रप्रसाद बडु
डा. रामशरण महत
बलबहादुर केसी
दीपक गिरी
सञ्जयकुमार गौतम
गोविन्दराज पोखरेल
दिनेश कोइराला
अजयबाबु शिवाकोटी
कृष्णकिशोर घिमिरे
तटस्थ–१
डा. सशांक कोइराला

केन्द्रीय सदस्य प्रदेश र समावेशीतर्फ
देउवा पक्ष–३
आनन्दप्रसाद ढुंगाना
रमेश रिजाल
चित्रलेखा यादव

अपाङ्गतर्फ
देउवा पक्ष-१
मदनकृष्ण श्रेष्ठ

अल्पसंख्यकतर्फ

देउवा पक्ष-१
प्रदीपकुमार सुनुवार

मधेशी पुरुषतर्फ
देउवा पक्ष-४
अजय चौरसिया
बिनोद चौधरी
महेन्द्रकुमार राय
दिनेशकुमार यादव
कोइराला पक्ष १
चन्द्रमोहन यादव

मधेशी महिलातर्फ
देउवा पक्ष-४
मुक्ताकुमारी यादव
मिनाक्षी झा
मन्जुकुमारी यादव
नागिना यादव

थारुतर्फ
देउवा पक्ष-४
रामजनम चौधरी
योगेन्द्र चौधरी
कल्पना चौधरी
जीवन राना

प्रदेश १
देउवा पक्ष-२
अमृत अर्याल
महेन्द्रकुमारी लिम्बू
कोइराला पक्ष-१
राजीव कोइराला

बागमती प्रदेश
देउवा पक्ष-२
ध्यानगोविन्द रञ्जित
उर्मिला नेपाल केसी
सिंह पक्-(१
राजन केसी

गण्डकी प्रदेश
देउवा पक्ष-२
ध्रुव वाग्ले
सरस्वती अर्याल तिवारी
कोइराला पक्ष-१
कृष्णचन्द्र पोखरेल

लुम्बिनी प्रदेश
देउवा पक्ष-३
देवेन्द्रराज कँडेल
चन्द्रबहादुर केसी
शिला शर्मा खड्का

कर्णाली प्रदेश
देउवा पक्ष–३
राजीवविक्रम शाह
कर्णबहादुर बुढा
जानकी सिंह

सुदूरपश्चिम प्रदेश
देउवा पक्ष–३
डा. रणबहादुर रावल
यज्ञराज जोशी
सुशिला मिश्र भट्ट

  • ७ पुष २०७८, बुधबार १०:३९ प्रकाशित