प्रदेश १ मा पनि माओवादीको नेतृत्व चुन्न चुनाव

केन्द्रभाग मिडिया

विराटनगर ।

सहमतिबाट नेतृत्व चुन्न असमर्थ भएपछि माओवादी केन्द्र प्रदेश १ मा पनि चुनाव हुने भएको छ।

पदाधिकारीका आकांक्षी धेरै भएपछि सहमतिका लागि कार्यदल गठन भएको थियो । कार्यदलमा सहमति नजुटेपछि पदाधिकारीका लागि आजै निर्वाचन गर्न लागिएको हो । प्रदेशमा ९ पदाधिकारीका लागि तीन दर्जन आकांक्षी छन् ।

पार्टीको प्रदेश १ अध्यक्षमा हर्कबहादुर लावती, शिवकुमार डाँगी र मोक्साहाङ मेन्याङ्बो, ध्रुव बुढाथोकी, देवान चाम्लिङ, मोहनकुमार खत्रीलगायत दाबेदार छन्।

माओवादी केन्द्र प्रदेश कमिटीको बैठक आज बस्दैछ । बैठकपछि नौं पदाधिकारीका लागि निर्वाचन गरिने नेताहरूले बताएका छन् ।

  • ७ पुष २०७८, बुधबार १०:०२ प्रकाशित