लुम्बिनीबाट केन्द्रीय सदस्यमा देउवा पक्षका कँडेल र केसी विजयी

केन्द्रभाग मिडिया

नेपाली काँग्रेसको लुम्बिनी प्रदेशको खुला दुई सदस्यमा देवेन्द्रराज कँडेल र चन्द्रबहादुर केसी निर्वाचित भएका छन्। मंगलबार सम्पन्न मतगणनामा कँडेलले २७२७ र केसीले २२६७ मत पाएका छन्।

खुलातर्फका ६ प्रतिस्पर्धीमध्येबाट सभापति शेरबहादुर देउवा पक्षका कँडेल र केसी निर्वाचित भएका हुन् ।

  • ७ पुष २०७८, बुधबार ०९:३४ प्रकाशित