काँग्रेस प्रदेश २ अधिवेशनः कृष्ण र रामसरोजको प्यानलमा को–को भिड्दैछन?

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली काँग्रेस प्रदेश २ अधिवेशनमा कृष्ण यादव र रामसरोज यादव प्यानलै बनाएर चुनावी मैदानमा उत्रेका छन् ।​

कृष्णले काँग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट प्रदेश सभापतिमा मनोनयन दर्ता गराएका छन् भने रामसरोजलाई नेता विमलेन्द्र निधि र शेखर कोइराला समूहको साथ छ । कृष्ण प्यानलबाट उपसभापतिमा चन्द्रशेखर यादव र विरेन्द्र सिंह उम्मेदवार भएका छन् ।

यस्तै महामन्त्रीमा उपेन्द्र यादव र वृहस्पतिकृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । देउवा पक्षले सहमहामन्त्रीमा जयनारायण यादव, परशुराम चौधरी र रिता यादवलाई उम्मेदवार बनेको छ ।

निधि–कोइराला समूहका रामसरोजको प्यानलबाट उपसभापतिमा धनलाल ठोकर र विनोद खनालले उम्मेदवारी दर्ता गराएका छन् । महामन्त्रीमा नरेश यादव र हरेस यादवले उम्मेदवारी दर्ता गराएका छन् भने सहमहामन्त्रीमा अरविन्द अमात्य, विनोद यादवले उम्मेदवारी दिएका छन्। यस्तै, सहमहामन्त्रीमा निर्मला सुवेदीले उम्मेदवारी दिएकी छन्।

देउवा र निधि–कोइराला समूहबीच प्रदेश समितिको ७२ पदमा प्यानलगत प्रतिस्पर्धा हुने भएको छ ।

  • ७ पुष २०७८, बुधबार ०९:०२ प्रकाशित