हतियार देखाएर सिक्री लुट्ने ३ जना पक्राउ

केन्द्रभाग मिडिया

नवलपरासी ।

नवलपरासीमा हतियार देखाएर सिक्री लुट्ने ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नवलपरासी पश्चिम रुपौलिया गाँउपालिका–१ बस्ने वर्ष २२को राम बहादुर क्षेत्री, सुस्ता गाँउपालिका–९ बस्ने वर्ष २० को संजय गुरुङ र नवलपरासी पुर्व गैडाकोट वस्ने वर्ष ३४को आशिष सुनार रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

 उनीहरुको साथबाट ४ राउन्ड गोली लोड भएको १ थान रिभोल्बर पेस्तोल बरामद गरीएको छ ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।उनीहरुले मोटरसाईकलमा हिडी रिवल्भर हतियार देखाई सिक्री लुट्ने गरेको प्रहरीले जनाएको छ।

  • ६ पुष २०७८, मंगलवार १७:०५ प्रकाशित