गण्डकी अपडेटः २३ जनामा संक्रमण, हाल प्रदेशमा १६४ संक्रिय संक्रमित

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१६४ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ । कोरोनाबाट सोही समयमा ८ जनामात्रै निको भएका छन् ।

यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार ३०६ पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ७१७ रहेको छ ।
संक्रमित हुनेमा कास्कीका ११, पर्वतका १,लमजुङका २, तनहुँका १, बागलुङका ५ , स्याङ्जाका १ र नवलपरासीका २ जना रहेका छन् । ९ महिला र १४जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा हालसम्म ३ लाख ५५ हजार ४ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा १६४ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये १४७ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २५ रहेको छ ।

  • ६ पुष २०७८, मंगलवार १६:१५ प्रकाशित