गगनले पनि लिए सिटौला निवासमै पुगेर आर्शीवादः पार्टीलाई एक ढिक्का बनाउन सुझाव

केन्द्रभाग मिडिया

काठमाडौं ।

महामन्त्री विश्वप्रकाश शर्मा पछि नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि नेता कृष्णप्रसाद सिटौला निवासमै पुगेर आर्शीवाद लिएका छन् ।

पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएको एक सातापछि थापा मंगलबार नेता सिटौला निवास पुगेर आशीर्वाद लिएका हुन् ।महामन्त्री थापाले आशीर्वाद मागेपछि सिटौलाले पार्टीलाई एकढिक्का बनाएर लैजान सुझाव दिएका थिए । उनले विगतका तितामिठा कुरा बिर्सेर काम गर्न सल्लाह दिएका थिए ।

कांग्रेसको १३औं महाधिवेशनमा थापा र सिटौला एउटै समूहमा थिए । सिटौला सभापति र थापा महामन्त्रीका उम्मेदवार थिए । दुवै पराजित भए । त्यसयता थापा सिटौला समूहबाट रामचन्द्र पौडेल समूहमा लागेका हुन् ।

१४औं महाधिवेशनमा थापा डा.शेखर कोइराला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएर विजयी भएका हुन् ।

  • ६ पुष २०७८, मंगलवार १५:५४ प्रकाशित