रविन्द्रले गरे संयोजक पाण्डेलाई पार्टीबाट निष्काशन

केन्द्रभाग मिडिया

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्काशन गरिएको छ । अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी गतिविधि गरेको आरोप लगाउँदै पाण्डेलाई निष्काशनको घोषणा गरेका हुन् ।

यसअघि मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेको थियो भने त्यसको जवाफ पनि चित्तबुझ्दो नआएकोले मिश्रले पाण्डेलाई निष्काशन गरेको बारेको पत्रमा उल्लेख छ । उनलाई मंगलबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरिएको हो ।

  • ६ पुष २०७८, मंगलवार १५:१० प्रकाशित