संसदमा आज पनि एमालेको नाराबाजीः नाराबाजी बिच भयो दुइ अध्यादेश स्वीकृत

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधि सभा बैठकको दोस्रौ बैठकमा पनि आज एमालेले नाराबाजी गरेका छन् । एमालेको अवरोधकै बीच सुरु भएको बैठक सुरु हुने बित्तिकै एमालेले वेल घेर्दै नाराबाजी गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनमा अवरोध नगर्न पटक पटक आग्रह गरे पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका थिए ।

आग्रह नटेरेपछि सभामुख सापकोटाले नाराबाजीबीच नै बैठकलाई अघि बढाएका थिए । आजको बैठकले यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको छ ।

 

  • ६ पुष २०७८, मंगलवार १४:३६ प्रकाशित