कांग्रेस खुला मधेसीतर्फ अजय चौरसिया पहिलो, विनोद चौधरी दोस्रो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेस खुला मधेसीतर्फ पाँच जना निर्वाचित भएका छन् ।

मंगलबार दिउँसो सम्पन्न मतगणनामा २५२२ मतसहित अजय चौरसिया अग्रस्थानमा विजयी भएका छन् । ४६६७ मत खसेकोमा अजयले अर्बपति उद्योगपति विनोद चौधरीलाई पनि उछिनेर सर्वाधिक मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका चौधरीले २२०६ मत प्राप्त गरेका छन् ।

तेस्रोमा चन्द्रमोहन यादवले २१३८, महेन्द्र कुमार यादवले १९८४ र पाँचौंमा दिनेश कुमार यादवले १९५९ मत प्राप्त गरेका छन् । खुला मधेसीतर्फ पाँच जना केन्द्रीय सदस्यका लागि २३ जना प्रतिस्पर्धामा थिए ।

  • ६ पुष २०७८, मंगलवार १४:१९ प्रकाशित