जबराले बोलाए न्याय सेवा आयोगको बैठकः बडु, कार्की र खाती होलान त सहभागी ?

केन्द्रभाग मिडिया

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले न्याय सेवा आयोगको बैठक आह्वान गरेका छन् । उनले भोलि(बुधबार)दिउँसो ३ बजेका लागि बैठक डाकेको न्याय परिषद्का सचिवालयले जनाएको छ ।

गत साउन महिनामा लिइएको जिल्ला न्यायाधीशहरुको परीक्षाको नतिजा प्रकाशन तथा अन्तरवार्ताको मिति तोक्ने लगायतका विषयमा छलफल गर्न न्याय सेवा आयोगको बैठक डाकिएको परिषद्ले जनाएको छ ।

जबराविरुद्ध आन्दोलनमा संघर्ष गरिरेहेको नेपाल बार एशोसिएसनले भने आफुहरु आन्दोलनमा भएकै बेला बैठक बोलाएको भन्दै आपत्ति जनाएको छ ।नेपाल बार एसोसिएसनले न्याय सेवा आयोगको बैठक नराख्न प्रधानन्यायाधीश जबरालाई दबाव दिएको थियो ।

आयोगले बैठक डाके पनि कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र महान्यायाधिवक्ता खम्मबहादुर खाती उपस्थित हुने कि नहुने भन्ने अन्योलका कारण आयोगको बैठक पनि अन्योल बनेको छ ।

नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएसन लगायतले बैठकमा उपस्थित नहुन कानुनमन्त्री र महान्यायाधिवक्तालाई आग्रह गरेको अवस्थामा उनीहरुले के गर्छन्, त्यसै आधारमा न्याय सेवा आयोगको बैठक बस्ने कि नबस्ने भन्ने टुङ्गो लाग्ने जनाइएको छ ।

  • ६ पुष २०७८, मंगलवार १३:५३ प्रकाशित