काँग्रेस महाधिवेशन : अब कति मतपरिणाम आउन बाँकी छ ?

केन्द्रभाग मिडिया

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको मतदान सकिएको आज १० दिन बितेको छ । तर अझै मतपरिणाम पूर्णरुपमा आइसकेको छैन । आउने क्रम जारी छ । सम्पूर्ण मतपरिणाम आउन अझै एक दुई दिन लाग्ने निर्वाचन समितीले जनाएको छ ।

अब विभिन्न क्लस्टर गरी ७१ जना केन्द्रीय सदस्यको परिणाम आउन बाँकी छ । जसमा दलितबाट ४ महिलासहित ९ जना, जनजातीबाट ७ महिलासहित १५ जना, खसआर्यबाट ६ महिलासहित १३ जना, मधेशीबाट ४ महिलासहित ९ जना, थारुबाट २ महिलासहित ४ जना र मुस्लिमबाट १ महिलासहित ३ जना केन्द्रीय सदस्यको परिणाम आउन बाँकी छ ।

मंगलबार विहानसम्म १३ जना पदाधिकारी र ५० जना केन्द्रीय सदस्य निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । आगामी चार वर्षका लागि काँग्रेस सभापतिमा शेरबहादुर देउवा पुनः निर्वाचित भएका छन् ।

  • ६ पुष २०७८, मंगलवार १३:०६ प्रकाशित