गृहमन्त्री खाँण भन्छन् : ‘एमसीसी ऋण होइन, निर्शत अनुदान हो, यो सम्झौता अघि बढ्छ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी अघि बढ्ने जिकिर गरेका छन् ।

उनले दलहरुसँगको छलफल पछि अघि बढ्ने बताएका छन् । उनले भने, ‘दलहरुका बीचमा छलफल भइरहेको छ । छलफलबाट निष्कर्ष निस्किन्छ र अगाडि बढ्छ ।’ एमसीसी ऋण नभई निर्शत अनुदान भएको पुष्टि गर्दै यो सम्झौता अगाडि बढाउनु सरकारको दायित्व भएको बताए ।

उनले भने, ‘एमसीसीको बारेमा केही भ्रम पनि होलान् । यो अमेरिकी सरकारले गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ । यसै अन्तर्गत नेपाल सरकारले विद्युतीकरण र विद्युतीकरणको पनि ट्रान्समिसन स्थापनाका लागि र सडक निर्माणका लागि प्रस्ताव गरेको हो । त्यसलाई उहाँहरुले स्वीकार गर्नुभएको हो । यो निशर्त अनुदान हो ।एमसीसीको जुन परियोजना छ, त्यो ऋणमा होइन, अनुदानमा हो ।’

मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै खाँणले उनले एमसीसीको प्रस्ताव देशको विकासका लागि नेपाल सरकारले नै अघि बढाएको पनि बताए ।

  • ६ पुष २०७८, मंगलवार १२:४५ प्रकाशित