प्रदेश २ को अधिवेशन आजदेखिः देउवा पक्षबाट कृष्ण यादव सभापतिका उम्मेदवार

केन्द्रभाग मिडिया

काठमाडौं ।

विवादका कारण रोकिएको नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन आज मंगलबारदेखि सुरु हुने भएको छ ।सर्लाहीसहितका जिल्लामा भएको विवाद समाधान नहुँदा काँग्रेसको प्रदेश २ को अधिवेशन हुन सकेको थिएन ।

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको संस्थापन पक्षले सभापतिमा कृष्ण यादवलाई उम्मेदवार बनाउने भएको छ । रौतहटका सभापति यादवलाई सभापति शेरबहादुर देउवा पक्षले प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कांग्रेसले अन्य प्रदशेमा यसअघि नै प्रदेशमा अधिवेशन गरिसकेको छ ।प्रदेश अधिवेशन आज र भोलि हुनेछ ।

  • ६ पुष २०७८, मंगलवार १०:१० प्रकाशित