संसद बैठकअघि बोलाइयो कार्यव्यवस्था परामर्श समितिको बैठकः कार्यसूचीमा एमसीसी पर्ला?

केन्द्रभाग मिडिया

काठमाडौं ।
आज बस्न लागेको संसदबैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।

संंसद बैठक दिउँसो १ बजे बस्नुअघि बिहान साढे ११ बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बैठक बस्न लागेको हो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्नका लागि बैठक बोलाएका हुन्।

मंगलबारको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो । उसले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ ।

मंसिर २८ गते बसेको दशौं अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए ।आजको दोस्रो बैठकमा पनि एमालेले अवरोध गर्ने तयारी गरेको छ ।

  • ६ पुष २०७८, मंगलवार ०९:२९ प्रकाशित