आज डलर,युरो, रिगिंट,रियाललगायतको मूल्य कति ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले आज मंगलबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १६ पैसा र बिक्री दर १२१ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ ४४ पैसा र बिक्री दर १३७ रुपैयाँ १२ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ७३ पैसा र बिक्री दर १६० रुपैयाँ ५२ पैसा कायम छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ०४ पैसा र बिक्री दर ८६ रुपैयाँ ४६ पैसा छ । जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६७ पैसा र बिक्री दर १० रुपैयाँ ७२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ र बिक्री दर १९ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज साउदी अरबियन रियाल आज एकको खरिददर ३२ रुपैयाँ २८ पैसा र बिक्री दर ३२ रुपैयाँ ४४ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३३ रुपैयाँ २०पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८१ पैसा रहेको छ ।

  • ६ पुष २०७८, मंगलवार ०९:१९ प्रकाशित