काँग्रेसको खुलातर्फ महिला केन्द्रीय सदस्यः देउवा पत्नी आरजु,डिला, पुष्पासहित ९ जना विजयी (मतपरिणामसहित)

केन्द्रभाग मिडिया

नेपाली काँग्रेसको केन्द्रीय सदस्य (महिला खुलातर्फ) मा डिला संग्रौला, पुष्पा भुसाल, डा आरजु राणा देउवासहित ९ जना विजयी भएका छन् । पार्टी कार्यालय सानेपामा सोमबार राति सम्पन्न मतगणनाअनुसार ३० उम्मेदवारमध्ये ९ जना विजयी भएका हुन् ।

विजयी हुनेमा संग्रौला, भुसाल र देउवासहित अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाईं, रमा कोइराला पौडे, सुशीला आचार्य ढकाल र रंगमती शाही रहेका छन् । मत परिणामअनुसार संग्रौलाले सर्वाधिक २८८५ मत पाएकी छन् ।

  • ६ पुष २०७८, मंगलवार ०८:३४ प्रकाशित