राष्ट्रियसभा बैठक आज पनि स्थगित,एमालेको अवरोध कायमै

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज सोमबार बोलाइएको राष्ट्रियसभाको बैठक पनि स्थगित भएको छ ।प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण आज पनि बैठक अवरुद्ध भएको हो ।

बैठकको सुरुमै एमालेका सांसदहरुले उठेर अवरुद्ध पारेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरिएको घोषणा गरे ।

एमालेले आफुहरुले कारबाही गरेका सांसदहरुलाई संसदमै राखेर आफुहरुले सदन चल्न नदिने अडान राखेको छ । उनीहरुले सरकारले आफुहरुको माग सम्बोधन गर्न नचाहेको समेत आरोप लगाएको छ ।

यता, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले भने देशलाई अगाडि बढाउन सहज हुने भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुलाई सदन संचालनका लागि सहज बनाई दिन पटक पटक आग्रह गरेका थिए ।

  • ५ पुष २०७८, सोमबार १४:४२ प्रकाशित