युनाइटेड क्लवको आयोजनामा पौष २८ देखी अमरसिंहमा “पोखरा महोत्सव” हुने

केन्द्रभाग मिडिया

पोखरा ।
पौष २८ देखी ११ औं पोखरा महोत्सव हुने भएको छ । आयोजक युर्नाटेड क्लव पोखराले सोमबार पत्रकार सम्मेलन गरि महोत्वस वारे जानकारी गराएको हो ।

पौष २८ देखी माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा महोत्सव हुने क्वलका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । युवाको जाँगर राष्ट्र निर्माणको आधार भन्ने नाराका साथ क्लवले महोत्सव मार्फत उठेको रकमबाट सामाजिक क्षेत्रमा काम गदै आएको छ ।

पत्रकार सम्मेलनमा वोल्दै महोत्सव मुल आयोजक समारोहका संयोजक समेत रहेका क्लवका अध्यक्ष श्रेष्ठले १२ दिन सम्म आयोजना हुने महोत्सवले पोखराको पर्यटन र समग्र अर्थतन्त्र चलायमान गर्न सहयोग पुग्ने बताए । उनले महोत्सवमा व्यवसाय गर्न चाहनेका लागि सम्पूर्ण स्टलहरु बुकिङ खुल्ला भइसकेको जानकारी दिए ।

क्लवले पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गदैँ आएको छ । युनाईटेड क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन , सेती नदी संरक्षण लगायतका काम गदै आएको छ ।

महोत्सवमा २४७ वटा स्टल रहने छन्, भने २ लाख बढि दर्शले अवलोकन गर्ने महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक शान्त बहादुर थापाले जानकारी दिए ।

क्वलले महोत्सवबाट उठेको रकमको खर्च कटाएर बचेको रकमबाट पोखरा महानगर पचभैयामा पशुपंक्षी उद्धार केन्द्रको खुल्ला चिडियाखाना भौतिक पूर्वाधार निर्माण र समन्वय गदै आएको छ ।

 

 

  • ५ पुष २०७८, सोमबार १५:२१ प्रकाशित