आजबाट कांग्रेस प्रवक्ताको जिम्मेवारीबाट बाहिरिदैँ विश्वप्रकाश

केन्द्रभाग मिडिया

काठमाडौं ।

नवनियुक्त नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आजबाट प्रवक्ताको जिम्मेवारीबाट अलग हुने भएका छन् ।

शर्माले आज काठमाडौंमा भएको पत्रकार सम्मेलनमा आफु आजैबाट प्रवक्ताको जिम्मेवारीबाट अलग हुने स्पष्ट हुने बताएका छन् ।उनले प्रवक्ताको जिम्मेवारीमा अर्को व्यक्ति आउने भन्दै उनको आउने नयाँ व्यक्तिको भूमिकालाई बढावा दिन आफू अलग हुने बताए।

शर्माले भने, ‘पार्टीको धारणा र सूचनाका लागि अर्को व्यक्ति प्रवक्ताका रूपमा आउनुहुन्छ। तर यहाँहरूलाई परेको बेला म जतिखेर पनि उपलब्ध हुनेछु’ ।

  • ५ पुष २०७८, सोमबार १३:११ प्रकाशित