देउवाले कसलाई बनाउदैँ छन् कांग्रेसबाट रक्षामन्त्री, यी हुन् सम्भावित नेताहरु

केन्द्रभाग मिडिया

काठमाडौं ।
डा.मिनेन्द्र रिजाले रक्षामन्त्रीबाट राजीनामा दिए पछि उक्त मन्त्रालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँलाई जिम्मेवारी तोक्दै छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका रिजाल पराजित हुने निश्चित भए पछि पुस १ गते पदबाट राजीनामा दिएका थिए । कांग्रेस महाधिवेशन सकिए लगत्तै देउवाले उक्त मन्त्रालयमा नयाँ मन्त्री नियुक्ती गर्ने देउवा निकट स्रोतले जानकारी दियो ।

यस पहिलो देउवाले उत्त मन्त्रालयमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई दिएका थिए । पौडेल समूहबाट रिजाल मन्त्री नियुक्ती भएका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गरेसगै कांंग्रेसमा पुरानो समूह भंग भएको छ । उत्त मन्त्रालय अब कसले पाउला भन्ने चासो बढेको छ ।
मन्त्री हुनका लागि प्रतिनिधि सभाको सांसद हुनुपर्ने भएकाले पनि सभापति एवं प्रधानमन्त्री देउवाले केही सिमित व्यक्तीबाट मन्त्री छान्नु पर्नेछ । मन्त्री हुनेमा महामन्त्रीमा नियुक्ती भएका गगन थापाको नाम पनि चर्चामा छ । फरक समूहबाट अत्याधिक मतसहित महामन्त्री जितेका थापालाई मन्त्रीमण्डलमा सगै राखेर पार्टीमा पनि काम गर्न सहज हुने भएकाले देउवाले गगनलाई रोज्न सक्नेछन् ।

दोस्रो चरणको मतदानमा सभापतिमा देउवालाई सहयोग गरेका प्रकाशमान सिंहलाई मन्त्री बन्ने सम्भावना बढि छ । उनलाई उप–प्रधान सहित रक्षा मन्त्रालयको जिम्मा दिने चर्चा भएको थियो । यस्तै पूर्वमहामन्त्री सशांक कोइराला पनि मन्त्री बन्नेको लिस्टमा छन् ।

  • ५ पुष २०७८, सोमबार १२:३८ प्रकाशित