एमाले नेता राजन भट्टराईको आरोप: मन्त्री खान मात्र ५ दलीय गठबन्धन बनाइएको हो

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेका नेता डा. राजन भट्टराईले मन्त्री खानका लागि मात्र ५ दलीय गठबन्धन बनेको आरोप लगाएका छन् ।
भट्टराईले भने, “यो ५ दलीय गठबन्धन केका लागि बनेको हो रु सत्तामा बस्न, मन्त्री बन्न मात्र मिल्ने, राष्ट्रिय हितका विषयमा किन नमिल्ने ? भित्र एउटा, बाहिर अर्को व्यवहार सरासर बेइमानी हो ।” उनले अदालतको तथाकथित फैसलाको डिजाइन केका लागि भएको हो भनी प्रश्न गरे ।
एमसीसीका बारेमा एमालेलाई अहिलेसम्म कसैले छलफल नगरेको पनि उनले बताए । उनले भने, “एमसीसीबारे एमालेसँग सत्तापक्षले कुनै छलफल गरेको छैन । हामीले सरकारमा हुँदा एमसीसीका बारेमा एउटा मत अघि सार्यौं । अहिले सरकार बाहिर छौं । सत्तासीन पार्टी र प्रधानमन्त्रीको मत हामीले बुझेपछि बल्ल हामी एमसीसीबारे निर्णय गर्छौं ।”

डा. भट्टराईले १४ जना सांसदमाथि कारबाहीको सूचना नटाँस्ने हो भने अग्निप्रसाद सापकोटालाई एमालेले सभामुख मान्न नसक्ने जिकिर गरे । उनले थपे, “सभामुखले गलत काम गर्नुभएको छ ।

कि उहाँले मार्गप्रशस्त गर्नुपर्छ, कि आफ्ना गल्ती सच्चाउनुपर्छ । उहाँ अनेक मुद्दा लागेको व्यक्ति हो । यो मुलुकले यति पूर्वाग्रही र गलत व्यक्तिलाई सभामुखका रुपमा पाउनु दुःखको कुरा हो ।”

  • ५ पुष २०७८, सोमबार १०:५६ प्रकाशित