सभापति पद त्याग गरेका सशांकको कांग्रेसमा उच्च सम्मान, पाए सर्वाधिक लोकप्रीय मत

केन्द्रभाग मिडिया

काठमाडौं।
नेपाली काँग्रेसको खुल्लातर्फ केन्द्रीय सदस्यमा डा। सशांक कोइरालाले सर्वाधिक मत प्राप्त गरेका छन् । उनले पहिलो स्थानमा रहँदा ३८३६ मत ल्याएका छन् । खसेको मतमध्ये ८२ प्रतिशतभन्दा बढी मत ल्याउन सफल भए ।

सशांक १३औं महाधिवेशनमा महामन्त्री निर्वाचित भएका थिए । शेरबहादुर देउवाले सभापति जित्दा पनि उनी तत्कालीन रामचन्द्र पौडेल प्यानलबाट उम्मेदवार बनी लोकप्रीय मतसहित निर्वाचित भएका थिए ।

यसपटक पनि सशांकको लोकप्रीयतामा कमी देखिएन । काँग्रेसका संस्थापक नेता वीपी कोइरालाका कान्छा पुत्र सशांक सभापतिका आकांक्षी थिए । तर, यसपटक उनी ब्याक भए ।

कुनैपनि समूहमा नखुलेका सशांक तटस्थ रहँदा शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहको प्यानलमा परे । यसकारण पनि उनको सर्वाधिक मत आयो ।
काँग्रेसमा महिला र समावेशीतर्फको केन्द्रीय सदस्यको मतगणना बाँकी रहेपनि सशांकको जति मत कसैले पनि ल्याउन नसक्ने निश्चितप्रायः छ ।

  • ५ पुष २०७८, सोमबार १०:१६ प्रकाशित