चिलिमा इतिहासमै कान्छा नेता राष्ट्रपतिमा निर्वाचित

केन्द्रभाग मिडिया

एजेन्सी ।

चिलीमा इतिहासमै कान्छा नेता राष्ट्रपतिमा निर्वाचित भएका छन् । ३५ वर्षीय बामपन्थी विद्यार्थी नेता ग्याब्रियल बोरिक राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

उनले प्रजातान्त्रिक समूहका उम्मेदवार जोसे एन्टोनियो कास्टलाई पराजित गरेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

चिलीको राष्ट्रपति निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छैन । तर ९८ प्रतिशत मत गणनामा बोरिकको पक्षमा ५६ प्रतिशत र कास्टको पक्षमा ४४ प्रतिशत मत प्राप्त भएपछि विजय निश्चित भएको हो ।

३५ वर्षको उमेरमा राष्ट्रपति निर्वाचित भएका बोरिक विश्वकै कान्छा नेतामध्ये एक हुन् ।

  • ५ पुष २०७८, सोमबार १०:२५ प्रकाशित