काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यमा ३५ भित्र को–को परे ? को कुन समूहमा (नामावलीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं। नेपाली काँग्रेसको खुल्लातर्फको ३५ केन्द्रीय सदस्यको मतगणनाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये सभापति शेरबहादुर देउवा पक्षका २५ जना निर्वाचित भएका छन् । डा। शेखर कोइराला पक्षका ९ र १ जना तटस्थ निर्वाचित भए ।

सबैभन्द बढी मत ल्याउने डा। सशांक कोइराला तटस्थ भूमिकामा थिए । बढी मत ल्याउने १० जनामा एकजनामात्र शेखर कोइराला पक्षका छन् ।

बढी मत ल्याउने २० जनामध्ये ४ जनामात्र शेखर पक्षका छन् । १५ जना देउवा पक्षका र १ जना तटस्थ छन् । देउवा इतर समूहका कतिपय नेताहरुले कठिन जित हासिल गरे ।

फरक पक्षधर निर्वाचित केन्द्रीय सदस्यको स्थान सहित

तटस्थ

१. डा. शशांक कोइराला – ३८३६

देउवा पक्ष

२. एनपी साउद – २९३७

३. बालकृष्ण खाँण – २८७९

४. उदय शमशेर राणा – २८४३

५. रामहरी खतिवडा – २८३२

६. ज्ञानेन्द्र बहादुर कार्की – २८२०

७. रमेश लेखक – २७८०

८. शंकर भण्डारी – २७६८

९. जिपछिरिङ्ग लामा – २७०२

११. जितजंग बस्नेत – २५५७

१२. गोपालमान श्रेष्ठ – २५३८

१३. मोहनबहादुर बस्नेत – २४७६

१४. सुनिलबहादुर थापा – २४७२

१५. नैनसिंह महर – २४६७

१९. गोविन्द भट्टराई – २३५०

२०. कुन्दनराज काफ्ले – २२७९

२२. सुरेन्द्रराज पाण्डे – २२०१

२३. पदमनारायण चौधरी – २०३८

२४. राजिव ढुंगाना – १८९६

२५. गुरु बराल – १८७०

२८. मदनबहादुर आमात्य – १८३०

३०.. गणेश लामा–१७८२

३१. दिनेश कोइराला – १७८१

३२. उमेशजंग रायमाझी –१७७६

३३. मोहन आचार्य – १७५१

३४. ड. गोपाल दहीत – १७१०

शेखर कोइराला पक्ष

१०. अर्जुननरसिंह केसी – २६५०

१६. दिलेन्द्र प्रसाद बडु – २४४१

१७ . डा. रामशरण महत – २४३४

१८. बलबहादुर केसी – २३८८

२१. दीपक गिरी – २२६५

२६. सञ्जयकुमार गौतम – १८६७

२७. गोविन्दराज पोखरेल – १८४३

२९. अजय बाबु शिवाकोटी – १८११

३५. कृष्णकिशोर घिमिरे – १७०७

  • ५ पुष २०७८, सोमबार ०९:५५ प्रकाशित