प्रदेश १ र बागमतीमा नेतृत्व चयनमा सकसः चुनाव गर्न प्रचण्डको निर्देशन

केन्द्रभाग मिडिया

नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ र बागमती प्रदेशमा चुनाव गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् । सहमतिमा नेतृत्व छान्न नसके पछि चुनावी प्रक्रियामा जान प्रचण्डले निर्देशन दिएका हुन् ।

माओवादी केन्द्र, प्रदेश १ को अध्यक्षसहित पदाधिकारीका आकांक्षी धेरै हुँदा अहिलेसम्म अध्यक्षसहित पदाधिकारीको टुंगो लाग्न सकेको थिएन । मोरङको विराटचोकमा गत मंसिर २५ र २६ गते सम्पन्न प्रदेश १ को प्रथम अधिवेशनले २७१ सदस्यीय कार्यसमिति चयन गरे पनि पदाधिकारी चयनलाई थाँती राखेको थियो ।

आकांक्षीहरु बढेको र सहमति जुटाउन नसकेको अवस्थामा पदाधिकारीबिना नै प्रदेश कमिटी चयन गरिएको थियो । त्यसपछि सहमतिको प्रयास भएपनि आकांक्षीहरु पछि नहट्दा सकस भएको हो ।

यता बागमती प्रदेशमा पनि २७१ सदस्यीय कार्यसमिति चयन गरिएको भनिएपनि अध्यक्षसहितको पदाधिकारी टुंगो लाग्न सकेको छैन ।

  • ५ पुष २०७८, सोमबार ०९:४० प्रकाशित