आज डलरको मूल्य उच्च, युरो,रियाल, रिगिंट लगायतको मुल्य कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्रबैंकले कायम गरेको मुद्रा विनिमयदर अनुसार आज सोमबार एक अमेरिकी डलरको मूल्य उच्च रहेको छ । आज एक अमेरिकी डलरको बिक्रीदर १२२ रुपैयाँ ०४ पैसा पुगेको छ आज डलरको बिक्री मूल्य १२१ रुपैयाँ ४४ पैसा रहेको छ ।

यस्तै एक यूरोको बिक्री मूल्य १३७ रुपैयाँ १९ पैसा र खरिद मूल्य १३६ रुपैयाँ ५१ पैसा तय गरिएको छ । पाउण्ड स्र्टलिङको बिक्रीदर १६१ रुपैयाँ ६६ पैसा र खरिददर १६० रुपैयाँ ८७ पैसा रहेको छ ।

यस्तै १० जापानी येनको बिक्रीदर १० रुपैयाँ ७३ रुपैयाँ हुँदा खरिद दर १०रुपैयाँ ६८ रुपैयाँ छ । चिनियाँ युआनको बिक्रीदर १९ रुपैयाँ १४ पैसा र खरिद १९ रुपैयाँ ०५ पैसा कायम छ । यस्तै साउदी रियालको बिक्री मूल्य ३२ रुपैयाँ ५२ पैसा र खरिद मूल्य ३२ रुपैयाँ ३६ पैसा तथा कतारी रियालको बिक्री दर ३३ रुपैयाँ ५२ पैसा र खरिददर ३३ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

संयुक्त अरब इमिरेट्स यूएईको दिरामको खरिद मूल्य ३३ रुपैयाँ ०६ पैसा र बिक्री मुल्य ३३ रुपैयाँ २३ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगटको बिक्री दर २८ रुपैयाँ ९२ पैसा र खरिददर २८ रुपैया ७८ पैसा रहेको छ ।

  • ५ पुष २०७८, सोमबार ०८:४६ प्रकाशित