महामन्त्रीमा उम्मेद्धवारी दिने गगन थापाको घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।

आज  काठमाडौं कांग्रेस ३० नम्बर वडाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन् ।

उनले आफूले तामझाम गरेर अथवा सम्पर्क कार्यालय खोलेर उम्मेद्धवारी घोषणा गर्नेभन्दापनि जनताकै बीचमा उभिएर घोषणा गरेको सुनाए । उनले भने,‘मैले तपाईँहरुलाई साक्षी राखेर उम्मेद्धवारी घोषणा गरेको छ । मैले यहाँबाट घोषणा गर्दा विगतमा पनि सफलता प्राप्त गरेको छु । आशा छ, यसपटक पनि म सफल हुन्छु ।’

थापाले आफ्नो दावेदारीको आधार आफ्ना आग्रज नेता तथा कार्यकर्ता भएको भन्दै आफुले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको स्पष्ट पारे ।

उनले आफ्नो क्षेत्रबाट प्रारम्भ गरेको काममा सफलता प्राप्त गरेको भन्दै आफ्नै ठाँउबाट उम्मेदवारी घोषणा गरेको पनि जनाए ।

  • १४ भाद्र २०७८, सोमबार १२:४२ प्रकाशित