चित्र बहादुर केसीको चेतावनी : ‘दबाएर फकाएर एमसीसी पारित गर्न खोजे गठबन्धनबाट अलग्गिन्छौँ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्न खोजे गठबन्धनबाट आफुहरु अलग्गिने चेतावनी दिएका छन् ।

नेपालको विकासका लागि नभई अमेरिकाले आफ्नो गतिविधि बढाउनका लागि एमसीसी ल्याउन खोजिएको भन्दै केसीले जर्बजस्ती पारित गरे आफुहरु अलग्गिने बताएका छन् । केसीले आजको सत्ता गठबन्धनको बैठकमा अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विरोध गर्ने जनाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार अपरान्ह ४ बजे सत्ता गठबन्धनको बैठक बेलाएका छन् । बैठकमा एमसीसीको पक्षमा जनमोर्चा नरहेको सन्देश पुनः दिने जनाएका छन् ।अमेरिकी अनुदान एमसीसी पारित गराउनका लागि आफूलाई दबाब र फकाउने दुवै काम भइरहेको केसीले बताएका छन् ।

‘जनमोर्चाको पहिलादेखि नै स्पष्ट धाराणा के हो भने चीन विरोधी क्याम्पमा नेपाललाई लैजान एमसीसी ल्याइएको हो । अनुदानको नाममा साम्राज्यवादी शक्ति अमेरिकाको षडयन्त्रमा नेपाल फस्नु हुदैन,’ केसीले भने, ‘यो नेपालको विकासका लागि होइन, आफ्ना गतिविधि बढाउन लागि ल्याइएको एमसीसीको पक्षमा कुनै नेपाली छैनन् ।’

  • ४ पुष २०७८, आईतवार १४:४५ प्रकाशित