चर्चभित्रै झुण्डिएर ९ वर्षीय बालकको मृत्यु, घटना शंकास्पद,छानबिनको माग

केन्द्रभाग मिडिया

रूपन्देही ।

एक बालक चर्चभित्रै झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

बुटवल उपमहानगरपालिका –११ बुद्धनगरस्थित एक चर्चमा ९ वर्षीय बालक झुण्डिएर मृत्यु भएको अवस्थामा भेटिएका हुन।

शनिबार ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा भेटिएका थिए । तत्कालै उद्धार गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । परिवारले भने बालकको मृत्यु भइसकेपछि दिउँसो २ बजे मात्रै प्रहरीलाई खबर गरेका थिए ।

बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा संचालन गरिएको चर्चमा बालकका बुबा रजत खड्गीले ध्यान गरिरहेको समयमा बालक झुण्डिएको अवस्थामा भेटिएको बताइएको छ ।

बालक आफैले सुसाइड गरेका हुन् कि होइनन भनी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । सो घटना शंकास्पद भन्दै स्थानीयले छानबिनको माग गरेका छन् ।

  • ४ पुष २०७८, आईतवार १४:१२ प्रकाशित