देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले यसकारण नजाने !

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ ।

प्रधानमन्त्री देउवाले संसदको अवरोध खुलाउने र एमसीसी अघि बढाउने लगायतका विषयमा छलफल गर्न आइतबार अपरान्ह चार बजे सर्वदलीय बैठक बोलाएका छन् ।

तर, नेकपा एमालेले भने सर्वदलीय बैठकका नाममा औपचारिकतामात्रै पुरा गरेकाले उक्त बैठकमा सहभागी हुनुको कुनै अर्थ नभएकाले सहभागी नहुने जनाएको छ ।

एमालेले सरकारमा गम्भीरता र जिम्मेवारीपन नभएकाले आफुहरु त्यस बैठकमा सहभागी नहुने बताएको छ । बैठक औपचारिकताका लागि बोलाएको र त्यसमा सहभागी हुनुको अर्थ नभएको एमालेको प्रतिक्रिया छ ।

नेकपा एमाले संसदीय दलका उपनेता समेत रहेका उपाध्यक्ष सुवास नेम्वाङले सरकारले आफ्नो पार्टीसँग गम्भीर भएर कुनैपनि छलफल नगरेको बताए ।  ‘यो खाली औपचारिकतामात्रै पूरा गरियो । कुनै गम्भीरता र जिम्मेवारीपन छैन’, उपाध्यक्ष नेम्वाङले भने, ‘हामीले स्थितिका बारेमा सिरियस्ली प्रश्न उठाएका छौ, रहर होइन बाध्यता नै भनेर सदन अवरुद्ध गरिरहेका छौँ।’

एमालेले प्रतिपक्ष पार्टी एमालेसँग सरकारले सही व्यवहार नगरेको आरोप लगाएको छ ।

  • ४ पुष २०७८, आईतवार १३:०० प्रकाशित