मुद्रा विनिमयदरः आज डलर, युरो,रियाल, रिगिंट लगायतको मुल्य कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

साताको पहिलो दिन आज आइतबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ०४ पैसा कायम गरेको छ।

युरोपियन युरो आज एकको खरिद दर १३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३८ रुपैयाँ २५पैसा रहेको छ ।यस्तै आज युके पाउन्ड स्टलिङको एकको खरिददर १६१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९६ पैसा र बिक्री दर ८७ रुपैयाँ ३९ पैसा छ । जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६९ पैसा र बिक्री दर १० रुपैयाँ ७५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०३ पैसा र बिक्री दर १९ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज साउदी अरबियन रियाल आज एकको खरिददर ३२ रुपैयाँ ३६ पैसा र बिक्री दर ३२ रुपैयाँ ५२ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३३ रुपैयाँ २३ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९२ पैसा रहेको छ ।

  • ४ पुष २०७८, आईतवार १०:२९ प्रकाशित