सत्ता गठबन्धन बैठक : मन्त्रिमण्डललाई छिटो पूर्णता दिने सहमती

केन्द्रभाग मिडिया

काठमाडौं ।
सत्ता गठबन्धन दलको बैठक आज विहान बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विगतको सरकारले अध्यादेश मार्फत ल्याएको बजेट सच्याउने भएको छ ।

आवश्यक कानुन बनाएर बजेट परिमार्जन गर्न सत्ता गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका हुन् । गठबन्धनका नेताहरु मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन पनि सहमत भएका छन् ।

‘बजेट सच्चाउने र मन्त्रिमण्डललाई पूर्णता दिने बारेमा छलफल भयको बैठकमा सहभागी नेकपा एकृकति समाजवादीका नेता विजय पौडेलले जानकारी दिए ।

कोरोना नियन्त्रण, विपद् व्यवस्थापन लगायतका विषयमा सरकारलाई सुझाव दिएको पौडेलले बताए ।

  • १४ भाद्र २०७८, सोमबार १२:२० प्रकाशित