यस्तो छ २४ घण्टाको मौसम पूर्वानुमान

केन्द्रभाग मिडिया

पोखरा ।
हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही सुदुरपश्चिम, लुम्बिनी प्रदेशका तराइका केही र बाकी प्रदेशका तराईका भू-भागका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

  • ४ पुष २०७८, आईतवार ०६:३० प्रकाशित