पुतलीबजार-१३ मा नेकपा (एस)को वडा कमिटी गठन, अध्यक्षमा नारायण तिवारी

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा (एकीकृत-समाजवादी) ले पुतलीबजार नगरपालिका वडा नम्बर १३ मा वडा कमिटी गठन गरेको छ । नेकपा एकीकृत समाजवादीको शनिबार सम्पन्न वडा भेलाले नारायण तिवारीको अध्यक्षतामा ५५ सदस्यीय वडा कमिटी गठन गरेको हो । वडा कमिटीको सचिबमा तुलेन्द्र केसी चयन भएका छन् । उपसचिवमा नारायण प्रसाद अर्याल, डिल्लीराम देवकोटा र नविना श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरी एकीकृत समाजवादी निकट युवा संघको पनि वडा नम्बर १३मा वडा कमिटी चयन भएको छ । ई. रविन गोदारको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन भएको हो । युवा संघ वडा कमिटीको सचिबमा ख्याम बहादुर केसी चयन भएका छन् ।

यस अगाडि नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य एंव स्याङ्जा जिल्ला इन्चार्ज प्रेमनारायण पौडेलले भेलालाई सम्बोधन गर्दै कम्युनिष्ट आन्दोलनलाई सहि दिशा दिनका लागि एकीकृत समाजवादी पार्टीको जन्म भएको बताए ।

कार्यक्रममा केन्द्रीय सल्लाहकार सदस्य गुमानसिंह थापा, केन्द्रीय अनुशासन आयोग सदस्य महाप्रसाद सुवेदी, खड्ग नेपाली, नेकपा एकीकृत समाजवादी स्याङ्जाका अध्यक्ष रामचन्द्र भट्टराई, उपसचिव श्री गुरुङ, मुस्लिम इत्तिहाद् संगठन नेपाल समाजवादीका अध्यक्ष साहिरा बानु, पार्टी कार्यलय सदस्य राजु अर्याल, शंकरध्वज कार्की, जिल्ला कमिटी सदस्य नेत्र बहादुर थापा, जिल्ला सचिवालय सदस्य प्रेम केसी, तुलेन्द्र केसी, नारायण तिवारी, सूर्य रोका, नारायण अर्याल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

 

  • ३ पुष २०७८, शनिबार २१:५१ प्रकाशित