माता तालबाराही आरती सेवा समितिको अध्यक्षमा मंगल नेपाली

केन्द्रभाग मिडिया

पोखरा ।

माता तालबाराही आरती सेवा समिति पोखराको अध्यक्षमा मंगल नेपाली चयन भएका छन् । समितिको शनिबार सम्पन्न तेस्रो साधारणसभा एवं दोस्रो अधिवेशनले नेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सूर्यनाथ पहारी, ढाका थापा, जुना अधिकारी, रामप्रसाद सिग्देल र विनिता अधिकारी चयन भएका छन् ।

समितिको सचिवमा तुलशी दाहाल, सहसचिवमा भेषराज अधिकारी  र विष्णु थापा, कोषाध्यक्षमा मदनराज न्यौपाने, सहकोषाध्यक्षमा मिना भट्टराई चयन भएका छन् ।

सदस्यहरुमा दुर्गा पहारी, हरिप्रसाद पहारी, हिरु पुन, गोकर्ण अधिकारी, मिठुदेवी लामिछाने, महेश्वर पहारी, तारा तिमिल्सेना, विश्वराज सापकोटा, दिनदयाल पाण्डे, पुष्पा पहारी, ज्ञानबहादुर कार्की र भावना रानाभाट चयन भएका छन् ।

यस अगाडि साधारणसभा एवं अधिवेशनको उद्घाटन गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले गरेका थिए । उद्घाटनमा बोल्दै उनले पोखरामा संचालन भएको आरतीले पर्यटनको बसाई लम्बाउन तथा थप मनोरञ्जन दिन सहयोग पुगेको विश्वास व्यक्त गरे । प्रदेशको राजधानि पोखरा सहितको क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न धार्मिक पर्यटनको समेत उत्तिकै सम्भावना भएको उनको दाबी छ ।

भक्ति फाउण्डेसनका संस्थापक अध्यक्ष सितल कृष्ण महाराजले भारतको परम्परालाई पोखरामा आरती गरेर मानिसमा सकरात्मक उर्जा प्रदान गरेको गरको बताए । आरती गर्दा नियम थप कडाई गर्नुपर्नेमा उनको जोड थियो ।

समितिका अध्यक्ष गिरीराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कागेंस पोखरा ६ का वडा इकाई समितिका सभापति सन्तोष पौडेल, मितेरी आमा समुहका सचिव इन्दिरा पौडेल, समितिका सचिब सुर्यनाथ पहारी, सहसचिव तुलसी दाहाल लगायतले पोखरामा आरती गर्न सुरु गरेसंगै पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने गरेकोमा जोड दिएका थिए । आरती गुरु गोकर्ण अधिकारी आरतीमा राजनीति नघुसाउन आग्रह गरे ।

आरती सुरु गर्दा एक वोतल पानी बाडेर खानु परेको स्मरण गर्दै अधिकारीले धार्मिक क्षेत्रमा कुनै जात धर्म नभई सवैको साझा भएको बताए । आरतीका लागि सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो ।

  • ३ पुष २०७८, शनिबार २०:५९ प्रकाशित