रोल्पा–पोखरा सम्पर्क समाजमा पूर्ण

केन्द्रभाग मिडिया

पोखरा ।
रोल्पा–पोखरा सम्पर्क समाजको अध्यक्षमा पूर्णबहादुर पुनमगर चयन भएका छन् । समाजको २४ औं साधारण सभा तथा छैठौं महाधिवेशनले पुन मगरको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन चयन गरेको हो ।

समितिको उपाध्यक्षमा मनसरा बुढामगर, सचिवमा रामकुमार बुढामगर, सहसचिवमा रमेश विक, कोषाध्यक्षमा तीर्थराज घर्तीमगर चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा मेनका पुनमगर, फर्की घर्तीमगर, घनपति बुढा र पूर्णबहादुर पुनमगर चुनिएका छन् ।

समाजका निवर्तमान अध्यक्ष प्रसाद बुढामगरले १० कार्यकाल पछि नयाँ कार्य समितिलाई पद हस्तान्तरण गरेका हुन् । शनिबार भएको साधारण सभा तथा महाधिवेशनमा समाजका निवर्तमान अध्यक्ष प्रसाद बुढामगरसहित, हितकुमार बुढामगर, आशमान रोकामगर, पूर्णजीत पुनमगर आदिले बोलेका थिए ।

कार्यक्रमममा समाजको भातृ समूह साइनो सांस्कृतिक समूले विविध सांस्कृतिक प्रस्तुत गरेको थियो । यस वर्षको एसइईमा सफल हुने समाजका परिवार सदस्यका सन्तानलाई सम्मान पनि गरिएको थियो ।

रोल्पाबाट विभिन्न काम तथा पेशाव्यवसायको सिलसिलामा पोखरालाई कर्मथलो बनाएका रोल्पालीले २०६३ सालमा समाज स्थापना गरेका थिए । समाजमा हाल १ सय ११ घर परिवार एकीकृत रहेको निवर्तमान अध्यक्ष बुढामगरले जानकारी दिए ।

बुढामगरले समाजले कास्कीका विभिन्न ठाउँमा छरिएर रहेका रोल्पालीलाई एकीकृत गर्न र भाइचाराको सम्बन्ध बनाइराख्न सहयोग पुगेको बताए । ‘कास्कीभरि छरिएर रोल्पालीहरुलाई भैपरी आउने समस्यामा समाधान गर्न, उद्धारमा टेवा पु¥याउन समाजले अहम् भूमिका खेल्छ,’ उनले भने, ‘आपसी भाइचारा कायम गर्न, एकले अर्कालाई सहयोग गर्ने, सामाजिक कार्यमा लाग्न सहयोग मिलिरहेको छ ।’

  • १३ भाद्र २०७८, आईतवार १८:४९ प्रकाशित