कांग्रेस सहमहामन्त्रीमा खस–आर्य तर्फ राठौर र मुस्लिमतर्फ मन्सुर निर्वाचित

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा खस आर्य तर्फ किशोर सिंह राठौर सहमहामन्त्रीमा विजयी भएका छन् ।
२ हजार ५ सय ६६ मतसहित राठौर विजयी भएका हुन् । उनी सभापति शेरबहादुर देउवा प्यानलका हुन् । उनले खस–आर्य तर्फबाट निकटतम प्रतिद्धन्द्धी देवराज चालिसेलाई हराएका हुन् । पराजित भएका चालिसेले २ हजार २ मत ल्याएका छन् । चालिसे कोइराला प्यानलका हुन् ।
त्यस्तै मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन्। मन्सुरले शेख वकिललाई पराजित गर्दै सहमहामन्त्री विजयी भएका हुन्। मन्सुर सभापति शेरबहादुर देउवा समूहका प्रतिस्पर्धी हुन् । मन्सुरले २७७६ मत प्राप्त गरेका थिए भने वकिलले १८७१ मत प्राप्त गरेका थिए।
कांग्रेसको विधान अनुसार क्लस्टरबाट ८ जना सहमहामन्त्री छनोट हुने व्यवस्था रहेको छ ।

  • २ पुष २०७८, शुक्रबार १६:२० प्रकाशित