४ पुसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

केन्द्रभाग मिडिया

काठमाडौँ ।
सरकारले पुस ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पुस ४ गते आइतबार पर्ने उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवश धान्यपूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईले सूचना जारी गरी बिदा बारे जानकारी गराएका छन् । पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

  • २ पुष २०७८, शुक्रबार १५:५९ प्रकाशित