जोन्सन एन्ड जोन्सनको२१ लाख डोज खोप नेपाल आइपुग्यो

केन्द्रभाग मिडिया

काठमाडौं।
कोरोनाविरूद्धको जोन्सन एन्ड जोन्सनको २१ लाख ७६ हजार डोज खोप नेपाल आइपुगेको छ । जोन्सन एन्ड जोन्सनको कोरोनाविरूद्धको डोज एक मात्रा लगाए पुग्छ ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज विहान २१ लाख ६७ हजार ६५० डोज खोप आएको जानकारी दिए।

थापाका अनुसार खोप युनिसेफमार्फत् आइपुगेको हो । यसअघि अमेरिकाले कोभ्याक्स मार्फत १५ लाख ३४ हजार ८५० डोज जोन्सन एन्ड जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो।

यो सँगै नेपालले जोन्सन एन्ड जोन्सन खोप ३७ लाख ११ हजार पाँच सय डोज प्राप्त गरेको छ। विभिन्न कम्पनीको अनुदानसहित अहिलेसम्म नेपालमा तीन करोड ५४ लाख ५९ हजार ३८० डोज खोप आइसकेको छ।

  • १ पुष २०७८, बिहीबार १२:०६ प्रकाशित