धनराजसँग २ मतले हारेपछि गच्छदारले गरे पुनः मतगणनाको माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले पुन मतगणनाको माग गरेका छन् ।

बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएपछि उनले निर्वाचन समिति गुहारेका हुन् । गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका हुन् ।

गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका छन् ।दुई उपसभापति पदका लागि भएको निर्वाचनमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।

  • १ पुष २०७८, बिहीबार ०८:२८ प्रकाशित