महामन्त्रीको मत गणना अहिले बिहान ८ बजेदेखि 

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिले विहान ८ बजेबाट महामन्त्री पदको मतगणना हुने भएको छ ।

दुई सिटका लागि महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ । सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन् ।

यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन् ।

यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ । सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन् ।

  • १ पुष २०७८, बिहीबार ०७:२४ प्रकाशित