कांग्रेस उपसभापतिमा पूर्णबहादुर र धनराज विजयी (मतसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेसको उपसभापतिमा पूर्वबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । शेरबहादुर देउवा प्यानलका खड्का र शेखर कोइराला प्यानलका गुरुङ उपसभापतिमा विजयी भएका हुन्।

कांग्रेसको निर्वाचन समितिका अनुसार खड्काले २१२१ मत र गुरुङले १९०८ मत ल्याएर विजयी भए ।

उपसभापतिमा विजयी खड्का हाल महामन्त्री थिए भने गुरुङ केन्द्रीय सदस्य थिए ।

गुरुङले गच्छेदारलाई अन्तिममा २ मतको झिनो मतले उछिन्दै उपसभापति पदमा विजयी भएका हुन् । गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत ल्याए ।

उपसभापतिको दौडमा गच्छदार तेस्रो हुँदा शेखर प्यानलका चन्द्र भण्डारी चौथो भएका छन्। उनले १५८० मत ल्याए।

उपसभापतिमा मिश्रित परिणाम आएपछि महामन्त्रीमा पनि यस्तै हुन सक्ने आँकलन गरिएको छ।

उपसभापति पदको अन्तिम मतपरिणाम यस्तो

पूर्णबहादुर खड्का– २१२१ (विजयी)

धनराज गुरुङ– १९०८ (विजयी)

विजयकुमार गच्छदार– १९०६

चन्द्र भण्डारी – १५८०

सुजाता कोइराला– ६४४

महेश आचार्य –५८९

दिव्यश्वरी शाह – १३२

  • १ पुष २०७८, बिहीबार ०२:५४ प्रकाशित