उपसभापतिमा अग्रता बढाउँदै धनराज, १७ सय मत गन्दा कस्को कति ?

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

१७ सय मत गणना गर्दा शेखर कोइराला समूहबाट उम्मेद्वारी दिएका धनराज गुरुङको अग्रता फराकिलो भएको छ । उनले ७४५ मतका साथ अग्रता कायम गरेका हुन् । शेखरकै प्यानलबाट उपसभापतिमा उम्मेद्वारी दिएका चन्द्र भण्डारीले ६७२ मत ल्याएका छन् ।

शेरबहादुर देउवाको प्यानलबाट उम्मेद्वारी दिएका विजयकुमार गच्छदारले ५७० मत र उनकै समूहबाट उपसभापति पदमा उम्मेद्वारी दिएका पूर्णबहादुर खड्काले ५८० मत ल्याएका छन् ।

सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाह पछाडि परेका छन् । उपसभापतिमा दुई जना निर्वाचित हुनेछन् ।

 

  • २९ मंसिर २०७८, बुधबार २१:४९ प्रकाशित